सिन्धुपाल्चोक । जिल्लाको ६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक स्वयं सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ। जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए।
फर्कंदा सुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो। दुर्घटनामा उनले पत्नी गुमाए। दुर्घटनामा निधन भएका १५ मध्ये उनकी पत्नी सुनिता पनि थिइन्। घटना लगत्तैदेखि सुमन फरार छन्। उनीहरूको काखे शिशु खाडीचौरस्थित सिन्धु सदश्रबहार अस्पतालको संरक्षणमा छन्।
‘चालक पनि परिवार लिएर कालिञ्चोक गएको, दुर्घटनामा पत्नी गुमाएको सोमबारमात्र पत्ता लाग्यो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई राजेश दाहालले नागरिकसँग भने। दुर्घटनाका घाइतेसँगै शिशुलाई पनि अस्पतालमा लगिएको थियो। उनका अनुसार सुरुमा प्रहरीलाई दुर्घटनाका घाइते र मृतकमध्येकै एकको शिशु होला भन्ने लागेको थियो। सदाबहार अस्पतालबाट घाइते रेफर भइसक्दा पनि शिशुलाई कसैले दाबी नगरेपछि प्रहरीले उनका आफन्तको खोजी थालेको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०१ पुस २०७६, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु