काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३० मंसिर २०७६, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो