काठमाडौं - जहाज जसै फिलिपिन्सको राजधानी मनिलाको आकाशमा पुग्यो, ढलमल–ढलमल गर्न थाल्यो । जहाजको झ्यालबाट कालो बादलबाहेक अर्को दृश्य देखिएन, जहाज बादलभित्रै हरायो ।
मृत्युलाई सामुन्ने देख्दा के गर्छ मान्छे ? उनले त्यतिखेर गरेको अनुभूति त्यही नै हो । ‘यात्रु सबै रुन थाले, एयर होस्टेस पनि रोए । अब त जिन्दगी यत्ति नै हो भन्ने लागेको थियो,’ पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पहिलो विदेश यात्रा स्मरण गरे, ‘मलाई बाँचेर फर्कुंला भन्ने आस पनि थिएन ।’
नेपालका अनुसार उनले जिन्दगी माया मारेको त्यो दोस्रो पटक थियो । पहिलो पटक ०२९ सालमा सास फुलेर सिन्धुपाल्चोकको उकालो चढ्न नसक्दा उनलाई अब बाँचिँदैन होला भन्ने लागेको थियो ।
मान्छे अचानक पहाड छिचोल्नुपर्दा जति अत्तालिएका थिए, त्योभन्दा धेरै जहाजले बादल छिचोल्न नसक्दा आत्तिए उनी ।फाट्यो, उनी चढेको जहाजले बाटो पायो, अचानकै जिन्दगी नसकिएकामा अरू यात्रुजस्तै नेपालको अनुहारमा पनि घाम झुल्कियो । बाल–बाल बाँचेका ३९ वर्षीय नेपाल युवाको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागी भएर फर्किए । यो ०४८ कात्तिकको कुरा हो र वैदेशिक यात्रामा नेता नेपालको ‘डेब्यु’ । कान्तिपुर दैनिकमा नेपालकाे यात्राबारे खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ मंसिर २०७६, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन