धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इन्सपेक्टर अमिर दहाल, राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
राति १२ बजे राजेश्वरको घरको शौचालयनेर शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर दाहाल लगायत पुग्दा बम बिस्फोट भएको थियो ।
बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ मंसिर २०७६, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु
गोरखामा शंकास्पद बस्तु फेला, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा
सिनामंगलमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि , एकजना पक्राउ
भारतीय बिदेश राज्यमन्त्रीको निवासमा बम प्रहार