पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । श
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ भने केही हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार शनिबार दिनभरी देशका देशका मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागमा सामान्य बदली रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ मंसिर २०७६, ०७ : ०४
लेखकबाट थप