काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ घर भएका ३२ वर्षीय जीवन क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
पक्राउ परेका पराजुली विप्लव समूहका स्याङ्जा जिल्ला इन्चार्ज भएको उहाँले बताउनुभयो । पक्राउ परेका क्षेत्री भने विप्लव समूहका कार्यकर्ता मात्र भएको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ मंसिर २०७६, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने