सागको अन्तिम दिन आज कुन–कुन खेल हुँदै ?

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, ०८ : २८
सागको अन्तिम दिन आज कुन–कुन खेल हुँदै ?

काठमाडौँ  । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । यो दिन विशेषतः समापन समारोह हुनेछ भने केही खेलहरु पनि हुँदैछन् । जसअनुसार मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ ।

समापन अघि पुरुष फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ । काठमाडौं बाहिर पोखरा र जनकपुरका खेल सम्पन्न भइसकेका छन् ।

पुरुष फुटबलका नेपाल र भुटानको फाइनल खेल ३ः०० बजे रंगशालामा सुरु हुनेछ । बास्केटबल ३ः३० बजे राखेप कभर्डहलमा, बक्सिङ र स्क्वास सातदोवाटो तथा जुडो लगनखेलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस