रंगशालामा आज सांसद र कर्मचारी फुटबलमा भिड्दैं

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, ०८ : १४
रंगशालामा आज सांसद र कर्मचारी फुटबलमा भिड्दैं

काठमाडौं । भुकम्पपछि चार–चार वर्ष लगाएर बल्ल काठमाडौंको दशरथ रंगशाला निर्माण भएको छ । चिनियाँहरुको सहयोगमा निर्माण भएको रंगशालामा अहिले १३ औं एसियाली खेलकुद प्रतियोगिता (साग) चलिरहेको छ । साग प्रतियोगिताको पनि आजै अन्तिम दिन हो । अर्थात समापन । समापन अगाडी आजै रंगशालामा नेपाल र भुटानका बीचमा स्वर्ण पदकका लागि पुरुष फुटबल प्रतियोगिता आयोजना हुदैंछ ।

दिउँसो साढे २ पछि नेपाल र भुटान बीचको फुटबल महासंग्राम हुने र त्यसपछि भब्य समारोहका बीच १३ औं सागको समापन कार्यक्रम आयोजना हुदैंछ् । समापनको तयारी एकातिर चल्दैंछ भने अर्कातर्फ रंगशालामै आज अर्काे रोचक खेल पनि हुदैछ । त्यो भने, कुनै देश–देश बीचको होइन् । नेपालका संघीय संसदका सांसदहरु र संसद सचिवालयकै कर्मचारीका बीचमा रंगशालामै फुटबल प्रतियोगिता पनि आजै हुन लागेको छ ।

संसद सेवा दिवसको अवसर पारेर मध्यान्ह १२ वजे रंगशालामा सांसद र कर्मचारीका बीचमा फुटबल प्रतियोगिता आयोजना हुन लागेको संसद सचिवालयले जनाएको छ । सांसदहरु र कर्मचारी बिचमा रोचक फुटबल प्रतियोगिता भएपछि त्यही मैदानमा नेपाल र भुटानका खेलाडीहरुले स्वर्ण आफ्नो पोल्टामा पार्न फुटबल भिडन्त गर्नेछन् ।

संसद सेवा दिवस २८ मंसिरमा पर्छ । सेवा दिवसलाई भब्य रुपमा मनाउन संसद सचिवालयले सांसद र संसद सचिवालयका कर्मचारीका बीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । सेवा दिवस सचिवालयले विभिन्न रचनात्मक कार्यक्रम मनाउने तयारी थालेको छ ।