यस्ताे हुँदैछ १३ औं सागको समापन समारोह

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, २१ : ३६
यस्ताे हुँदैछ १३ औं सागको समापन समारोह

काठमाडौ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिँदैछ । सागको समापनमा एक बिशेष समारोह गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 
परिषदका सदस्यसचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी दिए । 

सोमबार सांझ मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्यसचिब सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको बताए । 

उनका अनुसार समापन समारोहकै दिन नेपाल र भुटानबिच फुटवलको फाईनल हुनेछ । त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटवल हुनेछ । फुटवल प्रतियोगिताको फाइनल लगत्तै समापन समारोह शुरु हुनेछ ।

डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्नेछन् । त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नेछन् । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने समापन समारोहमा उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलबालले सम्बोधन गर्नेछन् । 

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिब सिलवालले जानकारी दिए । 

सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापुर्बक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ ।

समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा बर्गिकरण गरी ब्यबस्थित गरिनेछ । त्यहां भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, बिदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यबस्था हुनेछ ।

समापनकै दिन फुटवल प्रतियोगिताको फाईनल भएकाले फुटवल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ । तिनै टिकटले समापन समारोहमा पनि सहभागि हुन सकिनेछ । उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्रि गरिएको छ । ती टिकटहरु बिक्री भैसकेका छन् ।

समापनका दिन सुरक्षा र पासमा पनि कडाई गरिनेछ । अत्याबश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन् । सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रबेश परिचपयपत्रसंगै आआफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने ब्यबस्था गरिएको छ । सम्बन्धित ब्यक्तिलाई तोकिएको सिटमा अरु कोही बस्न पाउने छैन् ।

प्रतिक्रिया दिनुहोस