लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स.१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । मृतक दुवैको शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते