खोटाङ । खोटाङ रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा आईतबार राति आगलागी भएको छ ।
आगलागीबाट सवारी जलेर ध्वस्त भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, प्रमुख लिलानाथ निरौलाले भन्नुभयो, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।” करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि