काठमाडौँ । उत्तरपुस्तिाका नै साटफेर गरेर त्रिभुवन विश्वविद्यालयमा अनियमितता हुने गरेको कान्तिपुरमा समाचार छ । त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तरपुस्तिका भेटिए ।
बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहालले कार्यकक्ष साटफेर हुँदा आफ्नो टेबलको घर्रामा भएको सामान बिर्सिएका रहेछन् । उनको ठाउँमा बस्ने नयाँ कर्मचारीले घर्रा खोल्दा उत्तरपुस्तिका भेटिएपछि खैलाबेल मच्चियो । दाहालको घर्रामा भेटिएका ती कापी उदयपुरको त्रियुवा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत जानुका आलेमगर र बरुवा क्याम्पस गाईघाटमा अध्ययनरत हिरा कटुवालको खुल्यो ।
विशेष अदालतमा दायर अभियोगपत्रअनुसार त्रियुगा बहुमुखी क्याम्पसमा कार्यरत तेजनारायण चौधरीले सेटिङ मिलाएर उत्तरपुस्तिका साटफेर गरेका थिए । दाहालले परीक्षाको गोप्य शाखा पसेर जानुका र हिराका उत्तरपुस्तिका पत्ता लगाए । ती उत्तरपुस्तिकाको बाहिरी पाना निकालेर नक्कली उत्तरपुस्तिकामा लगाए अनि परीक्षा केन्द्रमा लेखिएको भित्री भाग झिकेर ल्याइ फेरबदल गरे ।
परीक्षा नियन्त्रकले लेखाका कर्मचारीको घर्रामा उत्तरपुस्तिका भेटिएको खबर पाए । लगत्तै छानबिन सुरु भयो । सूचना थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उत्तरपुस्तिका बरामद गर्यो अनि दाहालललाई पक्राउ गर्यो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ मंसिर २०७६, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला
त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड