सागमा कुन देशको कति पदक ?

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, २१ : १२
सागमा कुन देशको कति पदक ?

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या ४५ पुगेको छ । पदक तालिकामा भने भारतको अग्रता कायम छ । 

अहिलेसम्मको मेडल तालिकामा भारते १३१ स्वर्ण, ७७ रजत र ४० कास्य जितेको छ भने नेपालले ४५ स्वर्ण, ४४ रजत र ७५ कास्य पदक जितेको छ । त्य

श्रीलंकाले ३४ स्वर्ण, ६६ रजत र ९३ कास्य जितेको छ भने पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्य सहित चौथो स्थानमा छ ।

त्यसैगरी, बंगलादेशले अहिलेसम्म ८ स्वर्ण, २६ रजत र ६६ कास्य जितेको छ । यता माल्दिभ्सले १ स्वर्ण, २ कास्य जित्दा भुटानले ६ कास्य पदकमै चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस