Safal Khabar - छोटी भन्सारको स्तरोन्नति हुन्छ : मन्त्री भट्ट
सोमबार, १३ माघ २०७६ (Monday, 27 January, 2020)
छोटी भन्सारको स्तरोन्नति हुन्छ : मन्त्री भट्ट
आइतबार, २२ मङि्सर २०७६, २० : २८
छोटी भन्सारको स्तरोन्नति हुन्छ : मन्त्री भट्ट
फाईल फोटो

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जिल्लाको दक्षिणमा रहेको बेलौरी छोटी भन्सारको स्तरोन्नति गरिने बताउनुभएको छ ।

भन्सारको स्तरवृद्धिको माग गर्दै आज ज्ञापनपत्र बुझाउन गएको बेलौरी उद्योग वाणिज्य सङ्घको टोलीसहितको प्रतिनिधिमण्डललाई आश्वस्त पार्दै मन्त्री भट्टले बेलौरी नाकाको समस्याबारे समाधान गर्न तत्पर रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमसहित समग्र देशको आर्थिक विकासमा सकारात्मक भएर लाग्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो ।

कैलालीको अत्तरियास्थित मन्त्री भट्टकै निवासमा पुगेर सुदूरपश्चिम प्रदेशसभा सदस्य कुलवीर चौधरीसहितका नेता र बेलौरी उद्योग वाणिज्य सङ्घको टोलीले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो । 

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस