चितवन । मोटरसाइकल एकआपसमा ठोक्किँदा चितवनको भरतपुपरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुरबाट रामपुरतर्फ गईरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाईकल र विपरीत दिसाबाट जादै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइ्कल भरतपुर महानगरपालिका १५ रामपुरमा ५ः४५ बजे आपसमा ठोक्किदा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।
उनीहरु दुवै जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । ना ४० प ७३१३ नम्बरको मोटरसाईकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे मृत्यु भएको प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए । लु ४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका २० का २५ वर्षीय मानबहादुर मस्र्याङ्दीको गम्भीर अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन