चितवन । मोटरसाइकल एकआपसमा ठोक्किँदा चितवनको भरतपुपरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुरबाट रामपुरतर्फ गईरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाईकल र विपरीत दिसाबाट जादै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइ्कल भरतपुर महानगरपालिका १५ रामपुरमा ५ः४५ बजे आपसमा ठोक्किदा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।
उनीहरु दुवै जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । ना ४० प ७३१३ नम्बरको मोटरसाईकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे मृत्यु भएको प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए । लु ४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका २० का २५ वर्षीय मानबहादुर मस्र्याङ्दीको गम्भीर अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते