अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री केपी शर्मा ओली

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, १४ : ५९
अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा अस्पतालबाट डिस्चार्ज हुँदैछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते उपचारका लागि भर्ना भएका ओली १० दिनपछि डिस्चार्ज हुन लागेका हुन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने प्रक्रिया चलिरहेको जानकारी दिएका छन् । उनले ट्वीटरमा जनाएअनुसार प्रधानमन्त्री ओली अप्रेसनपछि पूर्ण स्थास्थ्यलाभ गरेर दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस