सागमा भारतले नेपाललाई उछिन्यो, कसको कति पदक ?

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, २१ : ४२
सागमा भारतले नेपाललाई उछिन्यो, कसको कति पदक ?

काठमाडौँ । काठमाडौँमा जारी १३ औं सातको तेस्रो दिन पदक तालिकामा भारतले अग्रता बनाएको छ । नेपालले २९ स्वर्ण पदक जित्दा भारतले ३२ स्वर्ण जितेको छ । 

राष्ट्रिय खेलकूद परिषद्का अनुसार भारतले ३२ स्वर्ण, २३ रजत र १३ कांस्य जितेको छ भने नेपालले २९ स्वर्ण, १३ रजत र २५ कांस्य जितेको छ । 

यसैगरी पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कांस्य जितेको छ । 

यसैगरी श्रीलंका, बंगलादेश र माल्दिभ्सले क्रमशः ८, ४ र १ वटा स्वर्ण जितेका छन् । भुटानले भने अहिलेसम्म ४ कांस्यमात्रै जितेको छ ।

प्रतिक्रिया दिनुहोस