एथलेटिक्समा नेपाललाई पहिलो स्वर्ण

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, १३ : १३
एथलेटिक्समा नेपाललाई पहिलो स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् ।

प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा निर्धारित दुरी पार गरेर ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् ।

सन्तोषीले एक सेकेण्डले भारतकी कविता यादालाई पछि पारेकी हुन् । यादाले ३५ मिनेट ७९ दशमलव ५ सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस