भरतपुर महानगरले छिट्टै वैज्ञानिक रुपले फोहर व्यवस्थापनको तयारी गर्न लागेको छ : उपमेयर शाह

सोमबार, १६ मंसिर २०७६, १७ : ३४
भरतपुर महानगरले छिट्टै वैज्ञानिक रुपले फोहर व्यवस्थापनको तयारी गर्न लागेको छ : उपमेयर शाह

चितवन । भरतपुर महानगरकी उपमेयर पार्वती शाहले महानगरले छिट्टै वैज्ञानिक रुपले फोहर व्यवस्थापनको तयारी गर्न लागेको बताईन । बालकुमारी माविको स्वर्ण महोत्सव अन्तर्गत सप्ताहव्यापी सरसफाइ कार्यक्रम उद्वघाटन समारोहमा सम्बोधन गर्दै उपमेयर शाहले भरतपुरबाट देशलाई देखाउने गरी वैज्ञानिक ढंगको फोहर व्यवस्थापन गरी नमुना बन्ने दावी गरिन् ।
उनले चेतनाको स्तर वृद्धि आफैबाट सुरु गर्नुपर्ने भन्दै सरसफाईको लागि सबै जागरुप बन्न अनुरोध पनि गरिन ।

“निरोगी हुन सरसफाइ महत्वपुर्ण उनले भनिन भित्री रूपमा पनि सकारात्मक सोचका साथ आफैबाट सुरू गर्नुपर्छ, कसैको बाटो होईन आफुनै गर्छु भन्ने भाव राख्नुपर्छ । ”

उनले भरतपुर महानगरले अरूका लागि के सिकाउन सक्छौ भन्ने सोचलाई पहिलो प्रथामिकता दिएर काम गरेको बताईन । उनले आफु परिवर्तन भएर समय अनुसार परिवर्तन भए सुखी नेपाली समृद्धि नेपालीको सपना समेत साकार हुने जोड दिईन् ।

“स्मार्ट सिटीका लागि सरसफाइ आवश्यक छ, केन्द्र भागमा भरतपुर छ, हामी देखाए देशले देख्नेछ उनले भनिन सरसफाई विना स्मार्ट सिटि असम्भव भएकोले सरसफाइ महानगरको अभियान निरन्तरता छ । ”

विद्यालयकी शिक्षिका तथा सरसफाई कार्यक्रमकी संयोजक करूणा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका विष्णुमाया दवाडीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । विद्यालयका शिक्षक सुरेन्द्र असफलले सञ्चालन गरेको कार्यक्रममा प्रचार्य नारायणबहादुर थापा, पूर्व प्रधानअध्यापक सरस्वती रिजालसहित विद्यार्थीहरु मिलेर झण्डै १ घण्टा सरसफाइमा सरिक भएको स्वर्ण महोत्सव प्रचारप्रसार समितिका संयोजक सुमन गैरेले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस