तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन : अनुसन्धान प्रक्रिया जारी

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०८२, १४ : २१
तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन : अनुसन्धान प्रक्रिया जारी

काठमाडौँ । तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिनसम्बन्धी अनुसन्धान अहिले शुरु गरेको भनाई यसअघिकै निरन्तरता भएको बताइएको छ ।

 शुद्धीकरण विभाग उच्च स्रोतका अनुसार यो प्रक्रिया नयाँ रूपमा सुरु गरिएको नभई यसअघि देखिनै जारी अनुसन्धानको निरन्तरता मात्र हो । स्रोतले भनेअनुसार देउवा, ओली र ‘प्रचण्ड’माथिको अनुसन्धान पहिले नै सुरु भइसकेको थियो र हाल त्यसलाई थप प्रक्रिया तथा समन्वयमार्फत अघि बढाइएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले पनि अहिले चर्चा भइरहेको जस्तो तीन जना पूर्व प्रधानमन्त्रीहरुको अनुसन्धानबारे सीआईबीको जानकारीमा छैन । तर खड्काको हकमा भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पक्राउ गरी बुझाइएको हो ।

विभागकै पत्राचारका आधारमा आइतबार कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका छन् ।

यसअघि जेन जेड आन्दोलनका क्रममा देउवा निवासमा नगद भेटिएको विषय सार्वजनिक भएपछि विभागले स्थलगत मुचुल्का उठाएको थियो । त्यस्तै, प्रचण्डपुत्री गंगाको निवास र ओली निवासमा समेत मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस