आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जित्ने साझा पार्टीको विश्वास

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १२ : ००
आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जित्ने साझा पार्टीको विश्वास

काठमाडौं । उपनिर्वाचनमा पराजय व्यहोरेको साझा पार्टीले गल्ती कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने जनाएको छ । 

सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै पराजयलाई मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिइएको उल्लेख गरेका छन् । 

हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने भन्दै साझा पार्टीले नेपाल रूपान्तरणको राजनीतिक यात्रामा अब रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस