काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ ।
प्रधानमन्त्री ओलीलाई केपी शर्मा ओली डटकमडटएनपी पउकजबचmबयष्।िअयm।लउ मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेवसाइटबाट स्वास्थ्यलाभको कामना गर्नसक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकाले वेवसाइटमार्फत आफ्ना भावना प्रकट गर्न सकिने व्यवस्था गरिएको हो ।
प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो पहिलो प्रयोग हो । यसअघिका कुनैपनि प्रधानमन्त्रीको ९बिरामी भएको अवस्थामा० स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको शुभकामना दिने व्यवस्था थिएन ।
प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । हाल उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालले विभिन्न समयमा विज्ञप्ति निकालेर जानकारी गराउँदै आएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो हँुदै गएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ मंसिर २०७६, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली