वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा आज भएको वडाध्यक्षको उपनिर्वाचनमा ८२ दशमलव ६१ प्रतिशत मत खसेको छ ।
कूल दुई हजार ६०२ मतदाता रहेको सो क्षेत्रमा दुई हजार १२८ जनाले मतदान गरेको पर्सा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
एक हजार २११ पुरुष तथा ९१७ महिलाले मतदान गर्नुभएको थियो । आज बेलका ९ बजेबाट नै मतगणना शुरु गरिने उहाँले जानकारी दिनुभयो । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ मंसिर २०७६, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय