काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा शनिबार बिहान मतदान गरेका छन्।
रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो। मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन्। मतदानपूर्व उनले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिए। त्यसैगरी, तीन स्थानमा उपनिर्वाचन हुन लागेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान जारी छ।
फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि शनिबार मतदान भइराखेको छ। जिल्लाका १७ वटै मतदान स्थलका ३१ वटै मतदान केन्द्रबाट मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए।
निर्वाचनको सुरक्षार्थ करीब एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। पाँचथरमा उपनिर्वाचन हुने तीन स्थानमा १५ हजार ८०० मतदाता रहेका छन्।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ मंसिर २०७६, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव