धनुषाबाट एक प्रहरी अधिकारी रंगेहात पक्राउ गरेका छन् । नेपाल प्रहरीका प्रहरी निरिक्षक रामकिशोर साह ९० हजार रुपैयासहित रंगेहात पक्राउ गरेका हुन् ।
शुक्रबार जनकपुर स्थित एक होटेलबाट अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार ९० हजार घुस रकम सहित प्रहरी निरिक्षक राम किशोर साहलाई रंगेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरिक्षक साहलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ बाट अख्तियारले नियन्त्रणमा लिएको हो ।
प्रहरी निरिक्षक साहले ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुरमा घुसको रकम लिन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ मंसिर २०७६, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ