धनुषाबाट एक प्रहरी अधिकारी रंगेहात पक्राउ गरेका छन् । नेपाल प्रहरीका प्रहरी निरिक्षक रामकिशोर साह ९० हजार रुपैयासहित रंगेहात पक्राउ गरेका हुन् ।
शुक्रबार जनकपुर स्थित एक होटेलबाट अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार ९० हजार घुस रकम सहित प्रहरी निरिक्षक राम किशोर साहलाई रंगेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरिक्षक साहलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ बाट अख्तियारले नियन्त्रणमा लिएको हो ।
प्रहरी निरिक्षक साहले ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुरमा घुसको रकम लिन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ मंसिर २०७६, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ