पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा वीरगंज महानगरपालिका-५ बस्ने २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, १७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ