काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको छ, उहाँको स्वास्थ्य स्थितिबारे चासो, चिन्ता र शुभेच्छा प्रकट गर्ने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।”
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिकरुपमा उल्लेख्य सुधार भइरहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको प्रस्ट्याउनुभयो । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
उहाँले नेपाल भारतबीचको सीमासम्बन्धी उठेका विषयलाई कूटनीतिक र राजनीतिक माध्यमबाट हल गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कालापानी, लिपुलेक हाम्रो भूभाग हो, हामीलाई अरुको एक इञ्च पनि जमीन चाहिँदैन, हाम्रो पनि छाड्दैनौँ । सीमाका विषयलाई लिएर चर्का कुरा नगरौँ ।”
“पुराना लिखत, सन्धिसम्झौता, स्थानीय जनताले तिरेका निस्सा, जनगणनाजस्ता दस्तावेजसहित सुगौलीसन्धिको धारा ५ प्रमाणका लागि रहेको चर्चा गर्दै प्रवक्ता बाँस्कोटाले तथ्यका आधारमा सत्य प्रमाणित हुने र सत्यपछि सार्र्वभौमिकता पुष्टि हुनेछ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “सबै राजनीतिक दलले सीमाका विषयमा सरकारलाई भरथेक, ऐक्यबद्धता जनाउनुभएको छ, यही हाम्रो शक्ति र सामथ्र्य पनि हो ।”
प्रवक्ता बाँस्कोटाले नेपाल भारत सीमा निरीक्षण समिति र नेपाल चीन सीमा निरीक्षण समिति गठन भएको चर्चा गर्दै तीन महिनाको अवधिमा समितिले प्रतिवेदन ल्याउने जानकारी दिनुभयो ।
रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
मन्त्री बाँस्कोटाले नेपाल सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निमन्त्रणापत्र हस्तान्तरण गरिएको जानकारी दिनुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसै साता रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको उहाँले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ मंसिर २०७६, १७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली