काठमाडौं । सिद्धान्त नमिलेको भन्दै अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए ।
शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्ता समेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
ज्ञानेन्द्र शाहीको आग्रह : 'भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन होस'
संसदीय दलको नेता ज्ञानेन्द्र शाही र प्रमुख सचेतक खुश्बु ओलीलाई बनाउने राप्रपाको निर्णय
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
ज्ञानेन्द्र शाहीको चुनावी खर्च साढे २० लाख