पञ्चायतमा झै कर्मचारी नियन्त्रण गर्ने तयारीमा सरकार

पत्रपत्रिकाबाट

विहीबार, १२ मंसिर २०७६, ०७ : ०४
पञ्चायतमा झै कर्मचारी नियन्त्रण गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले पञ्चायतकालको झल्को दिने गरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्ने व्यवस्थासहित कानुन ल्याउने तयारी गरेको छ । 
प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा अनुसन्धानका कर्मचारीलाई नियन्त्रणमा राख्ने नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी विधेयक तयार पारिएको खबर राजधानी दैनिकमा छापिएको छ । 
प्रधानमन्त्री कार्यालयले राष्ट्रिय अनुसन्धान विभागलाई आफू मातहत ल्याएपछि सरकारले यस सम्बन्धमा व्यवस्था गर्न विधेयक तयार पारेको हो । जसमा केही विवादित विषय रहेको भन्दै सरोकार वालाले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस