काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सिन्धुलीका पूर्वसभापति एवं महासमिति सदस्य रङ्गराज खतिवडाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । खतिवडाको मङ्गलबार सिन्धुली फर्कने क्रममा निधन भएको हो । खतिवडाका निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।
काँग्रेसमा निरन्तर क्रियाशील रहेर स्व खतिवडाले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरतरुपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । कमलामाई नगरपालिका–१ डाडीगुराँसे निवासी खतिवडाको पार्थिव शरीरलाई आजै गृह जिल्लामा दाहसंस्कार गरिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ११ मंसिर २०७६, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा