काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सिन्धुलीका पूर्वसभापति एवं महासमिति सदस्य रङ्गराज खतिवडाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । खतिवडाको मङ्गलबार सिन्धुली फर्कने क्रममा निधन भएको हो । खतिवडाका निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।
काँग्रेसमा निरन्तर क्रियाशील रहेर स्व खतिवडाले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरतरुपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । कमलामाई नगरपालिका–१ डाडीगुराँसे निवासी खतिवडाको पार्थिव शरीरलाई आजै गृह जिल्लामा दाहसंस्कार गरिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ११ मंसिर २०७६, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा