चितवन । खैरहनी नगरपालिकाका वडा नः ४ का एक कांग्रेस कार्यकर्ता नेकपाद्धारा कुटिएको भन्दै कांग्रेसले लगाएको आरोपको नेकपाले खण्डन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी खैरहनी वडा नः ४ कमिटिले आज एक विज्ञप्ती जारी गर्दै कांग्रेसले पराजित हुने भएपछि कुटपिटको आरोप लगाएको उल्लेख गरेको छ । विभिन्न सञ्चारमाध्यममा घटनाका सम्बन्धमा अतिरञ्जित गर्ने, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जोड्ने काम गरिएको भन्र्दै घटनाको सत्यतथ्य बुझ्न विज्ञप्तीमा अपिल गरिएको छ ।
नेकपा वडा नः ४ का वडाध्यक्ष दलबहादुर बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रचण्डको उपस्थितीमा कांग्रेस कार्यकर्ता कुटिए भनेर लगाइएको आरोप सरासर झुट र कपोकल्पित हो, कुटाई खाएका भनिएका टेकवहादुर परियार पहिलै देखिका कांग्रेस कार्यकर्ता हुन । उनलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेको भन्ने कुरा सत्य होइन । ’
मंसिर ९ गते राती १० बजे कांग्रेसका वडा सदस्य प्रदिप बस्नेतको नेतृत्वमा ६÷७ जना व्यक्ति मादक पदार्थ सेवन गरि मातिएर चामेडाँडाँका जनतालाई दुःख दिएको र मंसिर १४ गते हुने निर्वाचनलाई प्रभावित गर्न रकम बाँडेको भन्ने सूचनाका आधारमा नेकपाका कार्यकर्ता त्यहाँ पुग्दा भाग्ने क्रममा टेकबहादुर परियार कान्लाबाट लडेर सामान्य घाइते भएको दावी नेकपाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मादक पदार्थ सेवन गरी लड्को व्यक्तिलाई रडले हानी घाइते बनाएको भन्ने कांग्रेसको दावी सरासर झुट र साहानुभूतिका लागि गरिएको अन्तिम नाटक मञ्चन मात्रैं भएको भन्दैं नेकपा खैरहनी वडा नः ४ ले जनतालाई भ्रमित नहुन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० मंसिर २०७६, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने