काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ साँखुस्थित नापी कार्यालयका अमिन सुशिल बुढाथोकी ४ हजार घुससहित पक्राउ परेका छन् ।
सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिएवापत उनले सो घुस लिएका थिए । यस्तै घुस दिने कार्यमा संलग्न कार्की पनि पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ४ हजार घुस लिने दिने दुबै जनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ मंसिर २०७६, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ