चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थरुपमा खटिएको बटुकदल गणले खैरहनी नगरपालिका वडा नं १३ बाट चित्तल काटेर लुकाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
खैरहनी १३ बस्ने ४२ वर्षका हेमबहादुर ढुंगानाको घरनजिकै टौवामा परालले छोपी आठ वर्षको भाले चित्तल मारेर लुकाइ राखेको अवस्थामा फेला पारिएको बटुकदल गणले जनाएको छ ।
ढुंगानालाई पक्राउ गरी थप अनुसन्धानको लागि चितवन राष्ट्रिय निकञ्ज कार्यालयमा बुझाइएको बटुक दल गणले जनाएको छ । गणले घटनास्थलबाट मृत चित्तलसहित एक थान खुकुरी, एक थान चक्कु र एक थान दाउसमेत बरामद गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री बटुकदल गणले दैनिक रुपमा प्रकृति संरक्षण तथा वन्यजन्तुहरुको चोरी शिकारी नियन्त्रणको लागि विभिन्न अपरेशन गतिविधिहरु संचालन गर्दै आइरहेको जनाएको छ ।
मारेर लुकाइएको चित्तल
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ