रसुवा । गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलोग्राम सुन आज रसुवा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार सुन भित्र्याउँदै गरेको भन्ने सुुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अवैध कारोवारमा संलग्न दुई महिलासहित करिब एक किलोग्राम सुन नियन्त्रणमा लिएको हो ।
सुन टुक्रा टुक्रा भएका कारण नेपाल बैंकको सुन जाँचकीबाट परिमाण यकिन गराई कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । रसुवागढी नाकाबाट अवैध कारोवार रोक्न नेपाल प्रहरी सक्रिय रहेको प्रहरीले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ मंसिर २०७६, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ