आहा माडीको सोमेश्वर गढी : पत्थरहरु मुर्तिमा परिणत (फोटोफिचर)

उर्गेन तामाङ

शनिबार, ०७ मंसिर २०७६, १६ : २८
आहा माडीको सोमेश्वर गढी : पत्थरहरु मुर्तिमा परिणत (फोटोफिचर)

चितवन । माडी नगरपालिकामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल सोमेश्वर गढीका पत्थरहरु अहिले विभिन्न किसीमका मुर्तिमा परिणत भएका छन् । गढी क्षेत्रमा रहेका ठूला तथा साना ढुंगाहरु कलात्मक मुर्तिमा परिणत भएका हुन् । 

माडी नगरपालिकाले कार्तिक २३ गतेदेखि आयोजना गरेको माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला २०७६ अहिले चलिरहेको छ । राष्ट्रिय तथा अन्तिराष्ट्रिय ख्याति प्राप्त ३० जना कलाकारहरुले सोमेश्वर गढी क्षेत्रमा प्रस्तर मूर्ति निर्माण गरिरहेका छन् ।
अहिलेसम्ममा विभिन्न किसीमका ४७ वटा मुर्ति तयार भइसकेको प्रस्तर मूर्ति कार्यशाला मुल आयोजक समितिका सदस्य एवं पत्रकार गोविन्द न्यौपानेले बताए । अझै केही दिनसम्म निर्माणको काम चलिरहने र मुर्तिको संख्या थपिने न्यौपानेले बताए । 
गढीलाई कला मार्फत खुल्ला मूर्ति संग्रहालयको रुपमा परिचित गराउनका साथै भविष्यमा खोज र अनुसन्धानको केन्द्र बनाउने लक्ष्य रहेको नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले बताए । 

प्रतिक्रिया दिनुहोस