समस्यासँगै समाधानका उपाय पनि लिएर आउनुहोस : मन्त्री भट्ट

सफल खबर संवाददाता

शुक्रबार, ०६ मंसिर २०७६, १५ : ३०
समस्यासँगै समाधानका उपाय पनि लिएर आउनुहोस : मन्त्री भट्ट

चितवन । उद्योग वाणीज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उद्योगको विकासमा देखिएका समस्यासँगै समाधानका उपाय पनि सँगै लिएर आउन उद्योगी व्यवसायीलाइ आग्रह गरेका छन । भरतपुरमा सुरु भएको चौथो राष्ट्रिय कृषी यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गर्दै आज मन्त्री भट्टले उपाय पनि सँगै लिएर आए समस्या समाधानका लागी सहज हुने बताएका हुन । 
मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो कार्यक्रममा सहभागि भएका मन्त्री भट्टले अब चाँडैनै उद्योग विकासका ठोस योजना सार्वजनिक गर्ने बताएका छन । आफुले हिजोबाट मात्रै जिम्मेवारी सम्हालेकाले आवश्यक गृहकार्यपछि उद्योग विकासका लागी ठोस योजनाका साथ काम सुरु गर्ने बताए । 
पत्रकारहरुले तपाइसँग ठोस योजना के छन ? भनेर सोध्नेगरेको भन्दै मन्त्री भट्टले भने ‘हिजोको आजै योजना ल्याउने अवस्था नभए पनि विगतका प्रयास, वर्तमान अवस्था, आवश्यकताबारे सम्बन्धीत व्यवसायी, उद्योगी लगायत सरोकारवालापक्षसँग छलफल गरी चाँडैनै आगामी योजना ल्याउने छु ।’
मन्त्री भट्टले मुलुकको समृद्धिका लागी कृषी मुख्य आधार रहेको उल्लेख गरेका छन । उर्जा, पर्यटन लगायत अन्य विकासका आधारहरु धेरै भए पनि कृषी मुख्य भएकाले कृषीको आधुनीकीकरणका लागी सरकारले काम गरीरहेको बताए । 
उनले अब सर्वसाधारणले सिधैँ मन्त्रीलाई भेट्ने वातावरण निर्माण गर्ने बताए । सर्वसाधारणले विशेष किसीमका समस्या सम्बन्धीत मन्त्रीलाइ मन्त्रालयमै सहज रुपमा भेटेर राख्नसके समस्या समाधानका लागी सजीलो हुने मन्त्री भट्टको भनाइ छ । 


कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले कृषीमा आधुनीकीकरणविना मुलुक आत्मनिर्भर बन्ननसक्ने बताए । अहिले कृषीका आधुनीक यन्त्रहरु भारत र चीनबाट आउने गरेको भन्दै अब नेपालमै उत्पादन गर्नुपर्नेमा जोड दिए । कृषी नेपालीहरुको प्राण मात्र नभइ सभ्यता पनि भएकाले त्यहि प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने बताए । 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस प्रदर्शनीबाट भरतपुर फाइदा लिन सवैसँग आग्रह गरेकी छिन । कृषीमा आधुनीक यन्त्रको प्रयोग गरी व्यवसायीक बनेमात्रै कृषीमा परनिर्भरता कम गर्नसकिने बताइन । महानगरले पनि कृषीलाइ विशेष महत्वका साथ कार्यक्रम अगाडी बढाइरहेको बताउदै चितवनमै भएको राष्ट्रिय कृषी यान्त्रीकरणले कृषी आधुनीकीकरणमा ठुलो टेवा पुग्ने बताइन । 
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश ३ भुमि व्यवस्था  कृषी तथा सहरकारि मन्त्रालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी मंसिर ९ गत्तेसम्म चल्ने छ । प्रदर्शनीमा २० भन्दा बढी मुलुकका २ हजार भन्दा बढी किसीमका आधुनीक कृषी यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु राखिएका छन । ७० जिल्लाका करिव ३५ हजार कृषक तथा सरोकारवालाहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ । 
 

प्रतिक्रिया दिनुहोस