काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मातहत निकायका विभागीय प्रमुखले सन्तोषजनक प्रगति गर्न नसके जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।
नेपाल पर्यटन बोर्डमा बिहिबार मन्त्रालय मातहत निकायका प्रमुखसँग भएको बैठकमा मन्त्री भट्टराईले मन्त्रालय मातहत विभागको कामप्रति कडा टिप्पणी गर्दै विभागीय प्रमुख जस्तै कार्यालय प्रमुखहरुको कामको सम्बन्धमा स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए परिवर्तन गर्ने बताए । लक्ष्यअनुरुप कार्य भए नभए सोधिने बताउदैं मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभए परिवर्तन गर्ने सम्मको चेतावनी दिए ।
परिवर्तन हुनेले मन नदुखाउनुहोला उनको थप भनाई थियो ।’ पर्यटनमन्त्री भट्टराईले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न निर्देशन दिँदै आफैं बाटो खाली नगरे कामका आधारमा हटाउने र हटाएको खण्डमा अदालत पुगेर नरुन आग्रह गरे ।
विभागीय प्रमुखहरुले प्रस्तुत गरेको कार्यप्रगति र कार्ययोजना काम चलाउ मात्र भएको भन्दै पूर्ण रुपमा कामकाजी रिपोर्ट ल्याउन निर्देशन दिए । उनले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउनका लागि मन्त्रालय मातहतका सबैले के के गर्ने योजनासहित खाका प्रस्तुत गर्न पनि निर्देशन दिँदै काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाइने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ मंसिर २०७६, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे
मन्त्री छनौटमा बारबरा फाउन्डेसन हावी : थपिने दुई मन्त्री फाउण्डेसनबाटै
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद
तीन मन्त्रीको शपथ आज