सुनचाँदीको मूल्य घट्यो

सफल खबर संवाददाता

विहीबार, ०५ मंसिर २०७६, १२ : ५०
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएको छ । 

यसअघि बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन ७१ हजार ७०० मा कारोबार भएको छ । चाँदी बिहीबार रु ५ घटेर ८६० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस