काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उहाँले जानकारी दिनुभयो ।
एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ मंसिर २०७६, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुमन सायमी नेकपामा प्रवेश
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपाले हटायो बन्दसूचीबाट पञ्चा सिंहको नाम
२९ गते केन्द्रीय कमिटी घोषणा गर्ने नेकपाको निर्णय
कांग्रेस, एमाले र नेकपा बीच 'त्रिपक्षीय' तालमेलको तयारी, आज निर्णायक छलफल