काठमाडौँ । नक्कली बिल बिजक बनाएर राजस्व छली गर्ने विरुद्ध पछिल्लो समय नेपाल सरकारको राजस्व अनुसन्धान विभागले आक्रामक तरिकाले अनुसन्धान थालेको छ ।
२ वटा फर्म र ३ जना व्यक्ति विरुद्ध नक्कली बिल प्रयोग गरी राजस्व छलेको भन्दै विभागले अदालतमा मुदा दायर गरेको छ । उनीहरुले १ करोड ७४ लाख २१ हजार कर छली गरेको आरोप छ । अम्बेल इन्टरप्राइजेजका प्रोपाइटर विनिता दुवाडीले १ करोड २८ लाख ७६ हजार राजस्व छली गरेको खुलेको छ ।
गोरखा हंसपुर गाविसको स्थायी बासिन्दा दुवाडीले नक्कली मूल्य अभि वृद्धिकर मात्र खरिद गरी राजस्व चुहावट गरेको देखिएको छ । यता सुसज्जित इन्टरप्राइजेजका प्रोपाइटर सरस्वती गौतम र उनका श्रीमान रामशरण गौतमलाई झुट्टा विजक खरिद गरेर ४५ लाख ४५ हजार राजस्व छली गरेको भन्दै काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरु विरुद्ध विगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको मागसहित अदालतमा मुद्दा दायर भएको हो ।
यता झापाको साकम्बरी प्रोडक्टका प्रोपाइटरसहित ५ जनालाई राजस्व चुहावटको आरोपमा जिल्ला अदालत झापामा मुद्दा दायर गरिएको छ । साकम्बरी प्रोडक्टले उत्पादन गरेको गुट्खाजन्य वस्तुहरु योजनाबद्ध रुपमा माधव इन्टरप्राइजेज समेतको सहभागीमा अन्तःशुल्क स्टिकर नलगाई बिक्री वितरण गरी राजस्व छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
साकम्बरीका प्रोपाइटर मुकेश शर्मा, सुपरभाइजर विष्णुप्रसाद खरेल, एसएस इन्टरप्राइजेजका प्रोपाइटर रामकृष्ण शर्मा, सुपरभाइजर सदन सिंह तथा माधव इन्टरप्राइजेजका सीताराम शर्मा र सावारी धनी आशिष शर्माको मिलेमतोमा राजस्व छली गरेको आरोप छ । उनीहरुले ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ राजस्व छली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ मंसिर २०७६, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन
यातायात कार्यालय बारामा आठ करोड २१ लाख राजस्व सङ्कलन
ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको राजस्व चुहावट मुद्दा
यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोडभन्दा बढी राजस्व सङ्कलन
वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन
यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन