जनकपुरधाम। जेनजीको प्रर्दशनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भई सेवा बन्द भएको जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयबाट आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाहको कार्य सुरु भएको छ ।
उक्त कार्यालयको भौतिक सामग्रीको खरिद, मर्मत सम्भार, सरसफाइ तथा रङरोगन गरी कार्यालय सञ्चालन भएको सो कार्यालयले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो ।
आगजनी तथा तोडफोडबाट कार्यालयको करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए ।
सो क्रममा कार्यालय हाताभित्र रहेको चारपाङ्ग्रे दुई गाडी तथा पाँच मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टीकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका थिए । कार्यालय मर्मत सुधार भएपछि विस्तारै सेवा सुरु गरिएको तथा सेवाग्रही राजस्व वुझाउन आउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन
यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन