बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी कर तिर्नेमा नेपाल लाइफ इन्स्योरेन्स

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, २२ : ५५
बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी कर तिर्नेमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौ।  देशभरकै बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ ।

आईतबार आठौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले एक कार्यक्रम गरि सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गर्दा नेपाल लाइफ बीमा कम्पनी सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्न सफल भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका उत्कृष्ट १५ कर दाताहरु मध्ये सबै भन्दा बढी कर तिर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लाई सम्मानित गरेका छन् । सम्मानित हुने अन्य करदाताहरुको सुचीमा विभागले सर्वाधिक कर तिर्ने सूर्य नेपाल प्रा.लि.लाई सम्मान गरेको छ।

दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय वाणिज्य बैंक छन् । वर्डलिंक, व्यापारतर्फ महिन्द्रा गाडीको नेपालको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेट, पर्यटन तर्फ तारागाउँ रिजेन्सी सम्मानित भएका छन्। मध्यमस्तरीय कर दाता मध्ये सबैभन्दा धेरै कर तिर्नेमा कामना बिकास बैंक परेका छ। व्यक्तिगततर्फ बढि कर तिर्नेमा सिद्धार्थ राणा छन् भने आन्तरिक करतर्फ घोराही सिमेन्ट सम्मानित भएको छ।

प्रतिक्रिया दिनुहोस