चितवनमा पनि मनाइयो कर दिवस

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, १६ : ५६
चितवनमा पनि मनाइयो कर दिवस

चितवन । चितवनमा पनि आज कर दिवस मनाइएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले कर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन आज चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम गरिएको हो । 

मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको दिवसको यसपालिको नारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ तय गरिएको छ । 

प्रभातफेरी कार्यक्रममा विभिन्न कार्यालयका प्रतिनिधि, वस्तुगत संघसंस्थाका प्रतिनिधि, लेखा परीक्षक, कर सहयोगी र करदाताहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ नारायणगढदेखि सुरु भएको प्रभातफेरी कार्यक्रम पुल्चोक, चौबिसकोठी, जिल्ला समन्वय समिति हुँदै आन्तरिक राजस्व कार्यालय भरतपुरमा आएर समापन भएको थियो ।

 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजाल, अडानका केन्द्रीय सल्लाहकार सूर्यप्रसाद अधिकारी, च्याम्बर्स अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले करको विषयमा आ–आफ्नो धारणा राखेका थिए । 

कार्यक्रमको सञ्चालन आन्तरिक राजस्व कार्यालय भरतपुरका सूचना अधिकारी धनिश्वर अर्यालले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस