सीमा स्तम्भ अद्यावधिक गर्न ‘डाटाबेस’

पत्रपत्रिकाबाट

आइतबार, ०१ मंसिर २०७६, ०८ : ५७
सीमा स्तम्भ अद्यावधिक गर्न ‘डाटाबेस’

काठमाडौँ । नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमा स्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्क लगायतको विस्तृत विवरण सहित ‘डाटाबेस’ तयार पारिएको छ ।

त्यस्तो अद्यावधिक अब ‘डिजिटल’ रूपमा हुनेछ । नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्क सहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिए । नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा पिलर सार्ने सम्भावना हुन नसक्ने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने अवस्थामा नापी विभाग रहेको पनि उनले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस