सीमा सुरक्षामा सशस्त्र प्रहरीलाई जनशक्ति अभाव

पत्रपत्रिकाबाट

आइतबार, ०१ मंसिर २०७६, ०७ : ४७
सीमा सुरक्षामा सशस्त्र प्रहरीलाई जनशक्ति अभाव

काठमाडौं । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा खटिन थप जनशक्ति आवश्यक भएको छ।

 पर्याप्त जनशक्ति नहुँदा नेपालतर्फको सीमा सुरक्षा कमजोर भएको सशस्त्रको भनाइ छ। भारतीय पक्षले नेपाल भारत सीमाक्षेत्रमा हरेक ५ किलोमिटरको फरकमा सीमा सुरक्षा बल (एसएसबी) को बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) राखेको भए पनि नेपालतर्फ भने जनशक्ति अभावले सशस्त्र प्रहरीको बिओपी भने २० देखि ३० किलोमिटरको फरकमा मात्रै छ।

कुल जनशक्तिको आधा सीमाक्षेत्रमा खटिएको छ भने आधा ७७ वटा जिल्लामा तथा विपद् व्यवस्थापनमा बाँडिएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले सशस्त्र प्रहरीलाई थप जनशक्ति आवश्यक भएको बताए। उनले हालसम्म भएकै जनशक्तिबाट व्यवस्थापन भैरहेको तर अब बोर्डर अब्जरवेसन आउट पोष्ट (बीओपी) बढाउदा जनशक्ति अपुग हुने बताए। नागरिक दैनिकमा खबर यो खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस