राष्ट्रिय युवा संघले टुंग्यायो जिल्ला नेतृत्व (को कहाँ हेर्नुहोस सूचि सहित)

कात्तिक ३० मा केन्द्रीय सदस्यको सपथ र मंसिर १ मा राष्ट्रिय भेला आह्रवान

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, ०८ : ३२
राष्ट्रिय युवा संघले टुंग्यायो जिल्ला नेतृत्व  (को कहाँ  हेर्नुहोस  सूचि सहित)

काठमाडौं । सत्तारुढ दल नेकपाको युवा संगठन राष्ट्रिय युवा संघले जिल्ला नेतृत्व टुंगो लगाएको छ । आगामी कात्तिक ३० मा काठमाडौंमा केन्द्रीय कमिटिको सपथ ग्रहण र मंसिर १ मा राष्ट्रिय भेलाको तयारीमा रहेको राष्ट्रिय युवा संघले जिल्लाको संयोजक र सहसंयोजक टुंग्याएको हो ।

कात्तिक १६ को बसेको बैठकले कुन जिल्लामा कुन साविक संगठनलाई नेतृत्व दिने भन्ने सहमति गरेका थिए । त्यही सहमतिका आधारमा साविक संगठनले नाम टुंगो लगाएपछि जिल्ला संयोजक र सहसंयोजकको नाम टुंगो लगाएर सार्वजनिक गरेको छ ।

मंसिर १ गते आयोजना हुने राष्ट्रिय भेलामा जिल्लाका संयोजक, सहसंयोजक र एक जिल्ला बराबर २ जना महिला र केन्द्रिय सदस्यलाई सहभागी गराउने निर्णय भएको संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) ले जनाएका छन् । केन्द्रिय समितिको सपथ र राष्ट्रिय भेलाको तयारीका लागि अहिले राष्ट्रिय युवा संघ जोडतोडका साथ लागेको संयोजक दीपशिखाले बताए ।

कुन जिल्लामा को आए नेतृत्वमा हेर्नुहोस सूचि

प्रतिक्रिया दिनुहोस