रौतहटको प्रहरी चौकीमा बम प्रहार

सफल खबर संवाददाता

मंगलबार, २६ कार्तिक २०७६, १५ : ०९
रौतहटको प्रहरी चौकीमा बम प्रहार

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ ।

भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए । 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइलमा चढेर आएका उनीहरुले प्रहरी कार्यालयमै बम प्रहार गर्दा कार्यलयमा रहेका एकजना प्रहरी जवान घाइते भएका छन् । उनको नाम खुल्न सकेको छैन ।  बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा स्थानीय बासिन्दाले उनीहरुलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका उनीहरुहरुलाई प्रहरीको जिम्मा लगाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस