काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन तथा सचिवालयका सल्लाहकार र कर्मचारीलाई राजीनामा गराउने तयारीसंगै मुख्यमन्त्रीहरुलाई समेत राजीनामा गराउने तयारीमा सत्तारुढ दल र सरकार पुगेको छ ।
सत्ता सञ्चालनमा ब्यापक हेरफेर र सघन तयारी थालेको सरकारले मुख्यमन्त्रीलाई राजीनामा गराउने तयारी थालेको स्रोतको भनाई छ । प्रदेश प्रमुख फेरेलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सल्लाहकार र सहयोगीलाई एकैपटक बिदा दिएका थिए । नयाँ प्रदेश प्रमुख, नयाँ सचिवालयपछि नयाँ मन्त्री परिषद निर्माणमा नेकपा अध्यक्षद्वय जुटेको श्रोतको भनाई छ ।
‘केन्द्रदेखि प्रदेशसम्म जनमुखी परिणाम ल्याउन मन्त्री र मुख्यमन्त्री फेर्ने तयारी थालिएको हो’ नेकपाका एक नेताले भने, ‘केन्द्रका मन्त्री र मुख्यमन्त्री एकैपटक हेरफेर पनि हुन सक्छ ।’ प्रधानमन्त्री ओली केही मुख्यमन्त्रीसँग सन्तुष्ट छैनन् ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की