काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ । भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो ।
स्रोतका अनुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारी छ । शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन् । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ ।
सरकारलाई नयाँ शिराबाट जनअपेक्षाअनुसार अगाडि बढाउने आफ्नो चाहना प्रधानमन्त्री ओलीले सुनाएका थिए । सरकारलाई नयाँ गति दिन पनि मन्त्री हेरफेरको समय आएको र त्यसको तयारीमा आफू रहेको उनको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । उनीहरूबीच झन्डै तीन घण्टा छलफल भएको थियो ।अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
स्वचालित विधिबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्रहरू
कालीबहादुर खामका केटाहरूबाट असुरक्षा भएको भन्दै गृहमन्त्रीसमक्ष रमिलाको गुनासो
पर्यटन क्षेत्रमा लगानी गर्न विदेशीलाई आकर्षित गर्नुपर्नेमा पर्यटन मन्त्रीको जोड
कानुन, न्याय र मानवअधिकार समितिमा ६ मन्त्री जाँदै
बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : मन्त्री शर्मा