द्रुतमार्गमा अनियमितताः सेनाका पूर्व र वर्तमान आयोजना प्रमुख छानबिनमा

पत्रपत्रिकाबाट

शुक्रबार, २२ कार्तिक २०७६, ०७ : १७
द्रुतमार्गमा अनियमितताः सेनाका पूर्व र वर्तमान आयोजना प्रमुख छानबिनमा

फाईल फोटो

काठमाडौँ । तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता कम्पनी छनोटमा अनियमितता भएको आशंकामा नेपाली सेनाले तत्कालीन आयोजना प्रमुखदेखि वर्तमान आयोजना प्रमुखसम्मलाई छानबिनमा तानेको छ । 

पीपीआर तयार नहुँदै दु्रतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भनदै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले तत्कालीन आयोजना प्रमुख प्राविधि उपरथी योगेन्द्र खाँड र पर्तमान प्रमुख प्राविधिक रहायक रथी शरदलाल श्रेष्ठमाथि सैनिक कानुनअनुसार छानबिन थालिएको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस